Fast Nepal News

सुरक्षा प्रत्याभूतिका लागि सरकारले ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता

banner single news

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका लागि सरकारले ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

लगानी सम्मेलनको अन्तिम दिन आयोजित अन्तरक्रियामा बोल्दै उनले गृहमन्त्रालयले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका लागि ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले नेपाल सरकार लगानीकर्ताको वाचाप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। “लगानीकर्ताहरुले जुधिरहनुभएको समस्या र अवस्थासँग हामी जानकार छौँ । आगामी दिनका लागि यस्तो हुन नदिन हामी प्रतिबद्ध छौँ ।

Inside Article Ads

गृह मन्त्रालयले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका लागि ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ,” उनले भने, “मेरो नेतृत्वमा गृहमन्त्रालयले सुरक्षाको निकायका रुपमा मात्र होइनौँ, हामी ‘एलाइनमेन्ट फोर्स’ एजेन्सी पनि हौँ ।”

उपप्रधान एवं गृहमन्त्री लामिछानेले पूर्वाधारको माध्यमबाट वैचारिक रूपमा पूँजी निर्माण आर्थिक वृद्धिको महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै सडक, बिजुली र दूरसञ्चार उत्पादनका प्रमुख आधारमात्र नभएर सामाजिक पक्ष पनि उत्तिकै महत्वका साथ जोडिएको बताएका छन्

 

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.