Fast Nepal News

आगोले जलेर बालिकाको मृत्यु

banner single news

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको असुरकोटमा सोमबार आगोले जलेर बालिकाको ज्यान गएको छ ।

भूमिकास्थान नगरपालिका ५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताएका छन् ।

Inside Article Ads

हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घर भित्र रहेकी बालिकाको आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन् ।

 

Visited 63 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.