Fast Nepal News

इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी

banner single news

प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।

सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृहमा मतगणना सुरु गरिएको छ ।

फाकफोक थुम गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही १२ बजेबाट मत गणना सुरु भएको छ।

मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । इलाम २ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

Inside Article Ads

इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार ४ सय २१ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम २ मा ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन्

 

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.