Fast Nepal News

वैशाख १० गतेदेखि १४ गतेसम्म ६ सय जनालाई निस्शुल्क स्वास्थ्य सेवा

banner single news

चंखेली गाउँपालिकाले वैशाख १० गतेदेखि १४ गतेसम्म ६ सय जनालाई निस्शुल्क स्वास्थ्य सेवा दिएको छ।

गाउँपालिकाले “भेटौंला चंखेली गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, चंखेली वासीका दुःख मेटौंला” भन्ने मूल नारासहित प्रत्येक महिनाको एक दिन विशेषज्ञ डाक्टरबाट आफ्नो मातहतमा रहेका प्रत्येक स्वास्थ्यचौकीबाट नागरीकको निःशुल्क सेवा दिएको छ। स्वास्थ्य उपचार मानवजीवनका लागि एक अपरिहार्य अति आवश्यक पर्ने भएकाले गाउँपालिकाको निर्णय अनुसार अध्यक्ष, उपाध्यक्षसहितका जनप्रतिनिधि शिविर हुँदा गाउँघरमा पुगेर नागरीकको सहजै दुःख बुझ्न सक्ने भएकाले यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।

Inside Article Ads

पालिका मातहतमा रहेका स्वास्थ्यचौकीमा एमबिबिएस डाक्टरमार्फत नागरिकलाई सेवा दिने हेतुले मिमि स्वास्थ्यचौकी, दार्मा स्वास्थ्यचौकी, मेल्छाम स्वास्थ्यचौकी र पिप्लाङ स्वास्थ्यचौकीबाट सेवा दिएको गाउँपालिका स्वास्थ्य संयोजक सुरविर शाहीले जानकारी दिएका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट निःशुलक सेवा दिनका लागि डाक्टर सुनिल पुजारासहितको टोली स्वास्थ्य शिविरमा पुगेर सेवा दिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक शाहीले बताएका छन् ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.