Fast Nepal News

आगो नियन्त्रण गर्ने क्रममा एक जनाको मृत्यु/ दुई जना घाइते

banner single news

बागलुङको तमानखोला गाउँपालिका वडा नं २ सिलगुमस्थित वनक्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्ने क्रममा एक जनाको घटनास्थलमै मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।

शुक्रबार बिहान देखि फैलिएको आगो वन क्षेत्रबाट बस्तितर्फ फैलिँदै गर्दा आगो नियन्त्रणमा लिन गएका तमानखोला गाउँपालिका(२ सिलगुमका ४८ बर्षिय देबसिंह कामीको आगो नियन्त्रण गर्ने क्रममा घर नजिकैको वनमा आगोबाट जलेर ज्यान गएको छ।

त्यस्तै आगलागी नियन्त्रण गर्ने क्रममा सिलगुमकै ३१ बर्षिय ज्ञान बहादुर बुढा र सोही थाउँकै ३३ बर्षिय प्रेम बहादुर घर्ति मगर घाईते भएका छन् । घाईते दुबै जनाको बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेको अनुहार, खुट्टा, र शरीरको विभिन्न भागमा आगोले पोलेको पाइएको छ ।

सोही आगलागीबाट तमानखोला गाउँपालिका २ र ढोरपाटन नगरपालिका ३ का विभिन्न बस्तिमा आगलागी फैलिएको छ । आगोले सिलगुमका राम बहादुर कार्कीको ढुँगा माटोले बनेको दुई तले घर र गोठ पूर्ण रुपमा जलेर नस्ट भएको छ ।

Inside Article Ads

घरगोठ जल्दा अन्नपात, लत्ता कपडासँगै घरमा राखिएका सम्पूर्ण सामान जलेर नष्ट हुनुका साथै दुई वटा बाख्रा जलेर मरेका छन् ।

त्यस्तै सोही ठाउँका सुर्य बहादुर सिर्पालीको ढुँगा माटोले बनेको दुई तले घर र गोठ जलेर नस्ट भएको छ । घर जल्दा खाध्यान्ह, लत्ता कपडा लगाएतका सम्पूर्ण सामान जलेर नष्ट भएको जनाइएको छ ।

 

Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.