Fast Nepal News

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव सम्पन्न

banner single news

काठमाडौं, १३ बैशाख । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रद्वारा बेसहारा बालबालिकालाई आवासीय र शिक्षाको व्यवस्था गर्ने उद्देश्यले श्रीमद् भागवत् ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव, ब्रतबन्ध,गुन्यु चोलो सम्पन्न भएको छ ।

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित रहेका ५८ जना बालबालिकाहरुको लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने आश्रम सञ्चालनको खर्च जुटाउन बैशाख ६ गते शुरूवात भई बिहिवार एक औपचारिक कार्यक्रम बीच श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ ९सप्ताह० सम्पन्न भएको हो।

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका बालबालिकाहरुको सहयोगार्थ आयोजना भएको श्रीमद्भागवत ज्ञानमहायज्ञ, पितृमोक्षका साथै संस्थामा आश्रित १० जना बटुकहरुको ब्रतबन्ध र ६ जना कन्याहरुलाईं सामुहिक गुन्यु चोली प्रदान गरिएको अध्यक्ष तिलबहादुर कार्कीले जानकारी दिनुभयो ।

महायज्ञको औपचारिक समापनमा मुल आयोजक समितीका संयोजक हरि कुमार भण्डारीले महायज्ञ सम्पन्न गर्नको लागि सहयोग गर्ने दाता लगाएत कार्यक्रमको गरिमा बढाउन सहभागि भएका बिभिन्न संघ सस्थाका प्रतिनिधि प्रति धन्यवाद पनि ज्ञापन गरेका छन ।

Inside Article Ads

आगामी दिनमा पनि अनाथ बालबालिकाको लागि सबैलाइ सकेको सहयोग गर्न समेत भण्डारीले अपिल गरेका छन ।

प्रमुख कथा वाचक पं चन्द्रकान्त काफ्ले ,उप वाचक हिमलाल काफ्ले र बालकृष्ण न्यौपानेको अत्यन्त राम्रो प्रस्तुती रहेको थियो।

यज्ञमा कलाकार सरोज ढकाल,सुजन लामा, विकाश थापा, पद्म क्षेत्री लगायतको टोलीले अत्याधुनिक वाद्यबाधनसहित सबैलार्इ मोहित तुल्याउनु भएको थियो।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.