Fast Nepal News

डोल्पामा आगामी जेठ १० गते देखि औपचारीक रुपमा यार्सागुम्बा पाटन खुला गर्ने

banner single news

हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गते देखि औपचारीक रुपमा यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरिएको छ ।

जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको छ ।

जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पुर्ण यार्सागुम्बा पाटनहरुमा जेठ १० गते देखि पाटन खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले बताएका छन् ।

बैठकबाट यार्सा खुला गर्ने मिति तोक्नुका साथै पाटनमा सुरक्षाकर्मी परिचालनदेखि स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय समेत भएको उनले बताएका छन् । प्रत्येक बर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा पाटनहरुमा बिसौं हजार सर्वसाधारणहरु यार्सागुम्बाको खोजीका लागि पुग्ने गर्दछन् ।

यार्सागुम्बा टिप्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमति(पत्रको व्यवस्था निकुञ्जको नियमावलीमा गरिएको छ । जसअनुसार मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्ला भित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ ।

Inside Article Ads

सरोकारवालाको बैठकले १० जेठमा पाटन खुला गर्ने निर्णय गरेपनि निकुञ्ज र वन क्षेत्रका यार्सापाटनहरुमा लुकिछिपि अवैध रुपमा गएका मान्छेहरु भरिभराउ भएका छन् ।

प्रत्येक बर्ष यार्सा सिजनमा चिसो, लेक लागेर र भिरबाट लडेर ज्यान गुमाउने गरेका छन् । डोल्पामा यार्चाको व्यवसायिक रुपमा संकलन सुरु २०४० साल देखि भएको हो । २०७५ साल देखि यता १२ जना यार्सा संकलकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

अघिल्लो बर्षमात्रै छोडपुर्जी र संकलन इजाजत बितरणबाट वितरणबाट निकुञ्जले दुई करोड तीन लाख राजश्व संकलन गरेको थियो ।

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.