Fast Nepal News

ट्याङ्करले मोटरसाइकललाई ठक्कर

banner single news

डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

कैलालीबाट डडेल्धुरा जाँदै गरेका जानकी गाउँपालिका कटासेका ३६ वर्षीय रमेश विकको मृत्यु भएको भएको भने उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी छिन्। बुधवार बिहान भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खालि ट्याङ्करले सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

Inside Article Ads

दुर्घटनामा घाइते भएका दुवै श्रीमान(श्रीमतीलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याइएकोमा उपचारमा क्रममा रमेशको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा घाइते लक्ष्मीको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.