Fast Nepal News

मंगलबार सुन प्रतितोला २ हजार ७ सय र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको

banner single news

मंगलबार सुन र चाँदी दुवैको मुल्य घटेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ हजार ७ सय र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको छ।

यो सँगै छापावाल सुन १ लाख ३५ हजार ५ सय र तेजाबी सुन १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी आज १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको छ।
सोमबार छापावाल सुन १ लाख ३८ हजार २ सय र तेजाबी सुन १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

Inside Article Ads

अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔँस २६।९१ डलर र सुन २ हजार ३ सय ६ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।

 

 

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.