नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लागेन खोजी नगरेको भन्दै एमालेलाई प्रश्न गरेका छन् ।
नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै सभापति देउवाले दुई दुइ पटक राष्ट्रपति र पटक पटक प्रधानमन्त्री बन्दापनि एमालेले मदन भण्डारीको हत्यारा किन खोजी नगरेको भन्दै प्रश्न गरेका छन् ।
‘मदन भण्डारीको विषयमा यहाँ मेरो राम्रै कुरा गर्ने इच्छा थियो । तर, अहिले बीचमा आएर उहाँहरुले कांग्रेसलाई गाली गर्नुभयो । एमालेले गाली गरेपछि मैले जवाफ दिनु परिहाल्यो । मलाई गाली गर्नेहरुले मदन भण्डारी कस्ले किन मारियो मर्यो रु किन भन्न सक्दैनरु रहस्यमय ढंगले मारिएको छ, कसले रोकेको छ खोज्नलाई कांग्रेसले रोक्या हो ? आफू खोज्न नसक्ने कांग्रेसलाई गाली गरेर हिँड्ने ’ काँग्रेसले रोकेको हो ? देउवाले भने