Fast Nepal News

गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको

banner single news

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।

सोमबार नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा राखेको अन्तरक्रिया कार्यक्रममा डा महतले देशमा भएको गठबन्धन परिवर्तनका कारण अन्योल र अस्थिरता सृजना भएसँगै वर्तमान नेतृत्व सरकारको आयुसमेत छोटिदैँ गएको बताएका छन् ।

उनले एमालेसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयबारे पछिल्लो समय छलफल नभएकोसमेत बताएका छन् ।

Inside Article Ads

उनले वर्तमान गठबन्धनमा रहेका दलहरू बीच नै चर्को मतभेद र अविश्वास व्याप्त रहेको जिकिर गरेका छन् । अस्थिरताका कारण अन्तराष्ट्रिय स्तरमै सरकारप्रति अविश्वास बढेको बताउँदै उनले पछिल्लो समय आर्थिक क्षेत्रमसेत चलायमान हुन नसकेको बताएका छन्। कांग्रेसले गृहमन्त्रीसमेत रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेको सहकारी ठगी विषयमा संसदीय छानबिन गर्न अडान राखिराखेको समेत उनले बताएका छन् ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.