Fast Nepal News

सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारमा अन्योलता

banner single news

सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारमा अन्योलता देखिएको छ ।

मुख्यमन्त्री दीर्घ सोडारीले पदभार ग्रहण गरेको तेस्रो दिनसम्म सुदूरपश्चिम प्रदेशमा मन्त्रालयको भागवण्डा र पावर शेयरिङका विषयमा ठोस सहमति नहुँदा सरकार विस्तार अन्योलता देखिएको छ ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका सोडारी बिहिबार मुख्यमन्त्री नियुक्त भई शपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका थिए । यस्तै सोही दिन नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका उनको शुक्रबार मात्रै पदभार ग्रहण भएको थियो । सुदूरपश्चिममा सत्ता गठबन्धनमा रहेका दुई ठूला घटक सरकारमा सहभागी भएका छैनन् ।

एमालेले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । एमाले प्रदेशसभा सदस्य धर्मराज पाठकले पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेपनि यस विषयमा थप छलफल भइरहेको जानकारी दिएका छन् ।

Inside Article Ads

सरकारलाई समर्थन गरेपनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको उनले बताएका छन् । यस विषयमा सत्ता गठबन्धनका घटकहरूबीच पनि छलफल भइरहेको र शीर्ष नेताहरूबीच संवाद जारी रहेको बताएका छन् । छलफलपछि सरकार विस्तार लगायतको विषयमा निष्कर्षमा पुग्ने उनले बताएका छन् ।

अहिलेसम्म नयाँ सरकारमा सहभागिता नजनाएको माओवादी केन्द्र पनि छलफलमा छ । माओवादीले प्रदेश अन्तर्गत उपलब्ध केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक बोलाएको छ । उक्त बैठकले सरकारका विषयमा ठोस धारणा तयार गर्ने माओवादी संसदीय दलका उपनेता अक्कल रावलले बताएका छन् ।

 

Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.