Fast Nepal News

सडक बालबालिका मुक्त घोषणा गर्ने गरी काम गर्न निर्देशन

banner single news

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्ने गरी काम गर्न निर्देशन दिएकी छन् ।

मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बालअधिकार परिषद्को अध्यक्ष पदको पद बहाली पछि मन्त्री चौधरीले परिषद्का पदाधिकारी तथा कर्मचारीलाई त्यस्तो निर्देशन दिएकी छन्।

‘केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सडक मानवको मुक्त गर्ने अभियान सञ्चालन गरेको थियो । अहिले पनि बालबालिकाहरू फाट्टफुट्ट सडकमा देखिन्छ भन्ने कुरा आएको छ’, उनले भनिन्, ‘अब हामी सडक बालबालिका मुक्त भनेर घोषणा भनेर किन नगर्ने त्यो अभियान चाल्यौँ भने हामी सफल हुन्छौ । तपाईँहरू त्यसका लागि आवश्यक के के काम गर्ने भनेर योजना बनाएर लाग्नुस् ।’

मन्त्री चौधरीले ७५३ वटै पालिकामा पनि यी कामका लागि समन्वय गरेर काम गर्ने निर्देशन दिइन् ।

Inside Article Ads

यसै गरी बालगृहहरूको अवस्थाका विषयमा पनि मूल्याङ्कन गर्न निर्देशन दिँदै उनले भनिन्, ‘बालगृहहरूको अवस्था के छ, बालगृहहरू रेकर्डमा कति छन् । तीनको अवस्था के छ , साँच्चिकै काम भइरहेको छ कि छैन ,त्यसको मूल्याङ्कन प्रक्रिया के कसरी गरिरहनुभएको छ ’

अहिले पनि सबै पालिकामा बाल कल्याण अधिकारीको व्यवस्था हुन नसकेको भन्दै उनले स्थानीय तहमा बाल कल्याण अधिकारीको व्यवस्था गराउनका निम्ति त्यससम्बन्धी आवश्यक पहलकदमी चाल्ने प्रतिबद्धता समेत दिएकि छन् ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.