Fast Nepal News

जन्ती लिएर गएको बस दुर्घटनामा

banner single news

दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोक गएको बस दुर्घटनामा परेको छ

दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने तीन दर्जन बढी घाईते भएका छन् ।

दोलखाको सुस्पाक्षमावतीबाट सिन्धुपाल्चोकको पिस्करमा जन्ति लिएर जाँदै गरेको बस दुर्घटना भएको हो । सो बस त्रिपुरासुन्दरी गाउँपालिका ५ धारावतीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

Inside Article Ads

बा ४ ख ५६१६ नम्बरको बस शुक्रबार बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो । उक्त बस तौथलीको धारावती भन्ने स्थानबाट एक सय मिटर तल खसेका स्थानीयले बताएका छन् । सिन्धुपाल्चोक प्रहरीकाअनुसार दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी रहेको छ ।

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.