
पूर्वी नवलपरासीको कावासोती नगरपालिका–७ कि मिश्रा पराजुलीले तीन वर्षदेखि स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी गरिरहेकि छन् ।
जिल्लामै पहिलो पटक व्यवसायिक स्ट्रबेरी खेती सुरु गरेकि पराजुलीले वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएकि छन् ।
पहिलो वर्ष दुई लाख लगानीमा सुरु भएको स्ट्रबेरी खेतीले राम्रो आम्दानी दिन थालेको उनले बताइन् ।
“यो सिजनमा छ क्विन्टलभन्दा बढी स्ट्रबेरी स्थानीय बजारमा बिक्री गरिसकेको छु” पराजुलीले भनिन्, “प्रतिकिलो छ सयका दरले बारीबाट बिक्री भएको छ, अझै बिक्रीका लागि तयार हुँदैछन् ।”
तराईमा स्ट्रबेरी खेती हुन्छ र यसबाट आम्दानी गर्न सकिन्छ भन्ने धेरैलाई थाहा छैन ।
दवाडीले तराई भूभागमै स्ट्रबेरीखेती गरेर आम्दानी लिइरहेकि छन् । उनले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेका छन् ।
“प्लास्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पुर्याउन थोपा सिँचाइको व्यवस्था गरिएको छ”, उनले भनिन्, “स्थानीय बजारसँगै बाह्य क्षेत्रबाट समेत माग आउन थालेको छ, बारीमै आई टिपेर लैजाने ग्राहक पनि धेरै नै आउने गरेका छन् ।” दवाडीले दुई कठ्ठा क्षेत्रफलमा स्ट्रबेरी लगाएकि छन् ।
हालसम्म तीन लाख बढी आम्दानी गरिसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आम्दानी बढ्ने दवाडीको अनुमान छ ।
