
भरतपुर भम्रण वर्ष २०२४ को प्रर्वद्धनका लागी देवघाट–हलेसी सगरमाथा मोटर र्याली सुरु भएको छ ।
मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्ने उद्दश्यले नेपाल अटोमोवाइल एसोसिएसन नासा वाग्मती प्रदेश र चितवन अटोमोवाइल डिलर्स एसोशियशन काडाद्वारा संयुक्त रुपमा मोटर र्यालीको सुरुवात गरिएको छ । र्याली दुई रात र तीन दिनको हुनेछ ।
र्यालीको उद्घाटन गर्दै भरतपुर महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्षलाई सफल बनाउन यस्ता खालका र्यालीहरु अति नै महत्त्वपूर्ण रहने बताएका छन्। उनले भने,देवघाट–हलेसी सगरमाथा जस्ता अति पवित्र क्षेत्रहरुको बिकास र प्रबर्द्धन गर्न र त्रिकोणात्मक पर्यटन ट्रयाक निर्माण गर्न र्याली फलदायी हुने बताएका छन्।
भरतपुर देवघाटदेखि सुरु भएको र्याली हेटौंडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसीसम्मको करिब ३ सय २७ किमि ट्रयाकमा सेल्फी टिडिएस र्याली प्रतियोगिता हुने नासा नेपाल बाग्मती प्रदेश सघं तथा चितवन अटोमोवाइल्स डिलर्स एसोशियशन ९काडा चितवन० का अध्यक्ष राजन पियाले जानकारी दिएका छन्।
प्रतियोगितामा २५ देखि ३० वटा गाडी सहभागी भएका छन् । यस्तै खोटाङ्गको हर्कपुर, सुनकोसीको किनारमा अटो जिमखाना प्रतियोगिता संचालन गर्ने तयारी समेत गरिएको छ।
