रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–१मा गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् ।
हुलाकी सडकखण्ड अन्तर्गत बाइपास इलाकाबाट प्रहरीले २७२ किलो ३३ ग्राम गाँजासहित ती व्यक्तिलाई पक्राउ गरेको छ ।
नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई विशेष सूचनाका आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ लैजाँदै गरेको गाँजा फेला परेको छ। सो क्रममा गाँजा लैजाँदै गरेको कन्टेनर पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर चालक भारत घर भएका ३६ वर्षीय सतनम सिंहलाई नियन्त्रणमा लिएको हो।