Fast Nepal News

सय दिनपछि सिद्धार्थ राजमार्ग २४ घण्टा सञ्चालनमा

banner single news

दैनिक रातिको समयमा ६ घण्टा बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग सय दिनपछि चौबीसै घण्टा सञ्चालनमा आएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानको सिद्धबाबा क्षेत्रमा सुरुङ खन्न रातिको समयमा बन्द हुँदै आएकामा पूर्ण रूपमा सञ्चालनमा आएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

दुईतर्फबाट सुरुङ खन्न, राजमार्ग चौडा गर्नुका साथै रकनेटको काम गर्न दैनिक ६ घण्टा सिद्धार्थ राजमार्ग बन्द हुँदै आएको थियो । गत पुस १६ गतेदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म सिद्धार्थ राजमार्ग बन्द हुँदै आएको थियो । सडक बन्द हुँदा रातिमा अत्यावश्यक सवारीका साधन, एम्बुलेन्स, प्रेसका सवारी साधनलाई समस्या भएको थियो ।

Inside Article Ads

रातिमा बिरामी बुटवल लैजान, शव बाहन, एम्बुलेन्सलाई समेत तीन घण्टासम्म सडकमा राखेर दुःख दिएको स्थानीयको गुनासो थियो ।

 

 

 

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.