
प्रहरीले दुई लाख १० हजार मूल्यबराबरको अवैध सामान बरामद गरेको छ ।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ र १६ बाट दुई लाख १० हजार मूल्य पर्ने अवैध सामान बरामद गरिएको छ ।
भारतबाट अवैध रूपमा सामान ल्याइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा फेला पारेको उनले बताएका छन्। सामानसहित दुईजनालाई समेत नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।
डिएसपी डाँगीका अनुसार प्रहरीले लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान बरामद गरेको छ । अवैध सामान ओसार्न प्रयोग भएको मोटरसाइकलसमेत बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताएका छन् ।