Fast Nepal News

काठमाडौँका केहि क्षेत्रहरूमा बुधवारबाट ६ घण्टा बिजुली कटौती हुने

banner single news

काठमाडौँ उपत्यकाका केहि क्षेत्रहरूमा बुधवारबाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ ।

विद्युत् प्राधिकरणले मङ्गलवार सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर तारलाई नयाँ कन्डक्टर तारले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको जानकारी दिएको छ ।

Inside Article Ads

बिजुली कटौती हुने क्षेत्रहरूमा सीता पाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचगु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योती एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भन्याङ, ठुलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गे धारा, क्लब घर र तरकारी बजार बालाजु सब स्टेसन पछाडि रहेका छन् ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.