Fast Nepal News

अभिनेता दिलिप रायमाझीको परिवार अमेरिकादेखि नेपाल

banner single news

अभिनेता दिलिप रायमाझीको परिवार अमेरिकादेखि नेपाल फर्किएको छ ।

उनले हालै नयाँ बानेश्वर क्षेत्रमा घर समेत लिएका छन् ।

रायमाझीकी छोरी दिव्या गतसाता काठमाडौं आइपुगेर डेब्यु तयारीमा रहेको चलचित्र ‘एक्टर’को कार्यशालामा जोडि सकेकी छन् । ‘हामी अब नेपालमै बस्ने गरि अमेरिकादेखि फर्कियौं’ रायमाझीले भने, ‘यसका लागि हामीले घर समेत किनिसक्यौं ।’

Inside Article Ads

उनले घरको मूल्य भने खुलाउन चाहेनन् । उनको परिवार नयाँ घरमा सरिसकेको छ । छोरी दिव्याले अब चलचित्र र अध्ययनलाई काठमाडौंबाट निरन्तरता दिने उनले बताएका छन् ।
यसअघि दिलिप लामो समयदेखि सपरिवार अमेरिकामा बस्दै आएका थिए । त्यसबीचमा उनले केही चलचित्र, टेलिभिजन कार्यक्रम र म्युजिक भिडियोमा काम गरेका छन् ।

दिव्याको पहिलो चलचित्र ‘एक्टर’ दुई सातामा छायांकनमा जाने तयारीमा छ । उनले अर्को चलचित्र ‘वरिष्ठ बलराम’ पनि साइन गरिसकेकी छन् ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.