
रौतहटको चन्द्रपुर ८ सन्तपुरमा रहेको प्रहरी चौकीमा स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन्
प्रहरी सहायक निरीक्षक दिनानाथ प्रसाद यादवले सहकारीको काठ चोरेको भन्दै स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन् ।
यादवले सन्तपुर प्रहरी चौकी रहेको साझा सहकारी संस्थाको काठ चोरेर फर्निचर बनाएर घर लगेको भन्दै स्थानीयले सोमबार बिहानै चौकी घेराउ गरेका छन् ।
चोरी भएको काठको क्षतिपूर्ति तिर्नुपर्ने भन्दै स्थानीयले प्रहरी चौकी घेराउ गरेको चन्द्रपुर ८ का वडा अध्यक्ष जितेन्द्र चौधरी बताएका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक गायत्री राज शर्माले प्रहरी सहायक निरीक्षक यादवले गल्ती गरेको भए कारबाही हुने बताएका छन् । प्रहरी चौकी बसेकै सहकारीको काठ यादवले बेचेपछि स्थानीय आक्रोशित भएका हुन् ।
