
आजदेखि लागू हुनेगरी टुटलले राइडरहरूका लागि नयाँ कमिसन दर घोषणा गरेको छ ।
टुटलले क्याबका लागि १२ प्रतिशत र बाइकमा १५ प्रतिशत कमिसन दर तोकेको छ । यसअघि कम्पनीले बाइकबाट २० प्रतिशत र क्याबबाट १५ प्रतिशत कमिसन लिने गरेको थियो।
कमिसनको परिमार्जित संरचनाले सबै सरोकारवालालाई फाइदा पुग्ने र नेपालको यातायात उद्योगको विकासमा योगदान पुग्ने टुटलको विश्वास छ ।
Visited 11 times, 1 visit(s) today