Fast Nepal News

काठमाडौं उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा

banner single news

काठमाडौं उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ ।

विपत् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताएका छन् । ‘यति बेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ’, उनले भने, ‘देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदूषण बढेको थियो । वर्षाका कारण वायु प्रदूषण न्यूनीकरण हुनेछ ।’

Inside Article Ads

मंगलबार र बुधबार उपत्यकामा वायु प्रदूषण बढ्दा काठमाडौं विश्वको नै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको थियो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० दुई सय ६५ थियो ।
आज भने प्रदूषण घटेर एक सय ७७ एक्यूआईमा सीमित भएको छ ।

 

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.