जिल्ला प्रहरी कार्यालय बाराल ेबिहीबार १ लाख ३२ हजार बराबरको अवैध चिनी बरामद गरेको छ।
जितपुरबाट बकुलिया तर्फ आउँदै गरेको ४०० केजी चिनी बोकेका २ वटा मोटरसाइकल प्रहरीको टोलीलाई देखेपछि उक्त चिनी फाली फरार भएका थिए।
त्यस्तै बिश्रामपुर गा पा वडा नं ०३ बड्कीमुसहर्वामा बिहीबार सोही ठाउं बस्ने वर्ष ३० को उज्वल प्रशाद यादवको खपराको घरमाबाट अवैध रुपमा रखिएको एक लाख बराबरको चिनी बरामद भएको प्रहरीले जनाएको छ।
घटनाको बारेमा आवश्यक कानुनी कारबाहीको अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ।