Fast Nepal News

आज देशभर इद–उल फित्र इद मनाइदै

banner single news

इस्लाम धर्मावलम्बीले आज देशभर इद–उल फित्र इद मनाउँदै छन् ।

३० दिनको व्रत पूरा भएपछि त्यसको अर्को दिन यो पर्व मनाइने गरिन्छ।

बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताएका छन् । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । जकात दान यही महिनामा दिइन्छ, उनी भन्छन्, हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ ।

Inside Article Ads

इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.