Fast Nepal News

नयाँ वर्ष २०८१ को अवसरमा ठमेलमा सडक महोत्सव हुदै

banner single news

नेपाली नयाँ वर्ष २०८१ को अवसरमा ठमेलमा सडक महोत्सव हुने भएको छ ।

ठमेल पर्यटन विकास परिषदले बूधबार पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा परिषदका उपाध्यक्ष एवं महोत्सवका संयोजक प्रश्रय राजभण्डारीले विगत वर्षझैँ यस वर्ष पनि ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ आयोजना गर्न लागेको जानकारी दिएका छन्। ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि सडक महोत्सवको आयोजना गरिएको उनको भनाइ छ ।

Inside Article Ads

पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष भविश्वर शर्माले ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यका रुपमा परिचित गराउने उद्देश्यका साथ सडक महोत्सव आयोजना गर्न लागिएको बताएका छन्।

Visited 60 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.