Fast Nepal News

झापाको दमकस्थित लाइफलाइन अस्पतालमा आगलागी

banner single news

झापाको दमकस्थित लाइफलाइन अस्पतालसँग जोडिएको एक होटलमा आगलागि भएको छ ।

मङ्गलबार बेलुकी ७ बजेतिर सुरु भएको भीषण आगलागीबाट लाइफलाइन अस्पतालको डाइलोसिस सेवामा ठुलो क्षति पुगेको छ । डाइलोसिस सेवा दिइरहेको भवन तथा त्यहाँ भित्र रहेका स्वास्थ्य उपकरणहरु प्रयोग गर्न नसक्ने गरी क्षति भएको अस्पतालले जनाएको छ ।

आगलागिबाट अस्पतालमा डेढ करोडसहित अढाइ करोडभन्दा बढि क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । तीन वटा होटल तथा घरहरु समेत पूर्णरुपमा जलेर नष्ट भएका छन् । करिब डेढ घण्टामा दमकका दुई वटा, कमल गाउँपालिका, गौरादह, उर्लाबारी, पथरी शनिश्चरेका गरेर ६ वटा दमकलहरुले आगो नियण्त्रणमा लिएको थियो ।

लाइफलाइन अस्पताल छेउमा बस्ने प्रेम धिमालले घरमा सञ्चालन गरेको स्नेहा होटलमा इन्भटरको लाइन सर्ट भई अचानक आगलागी भएको बताएका छन् । डाइलोसिस वार्डको झ्यालबाट आगो छिरेर ६ वटा डाइलोसिस मेसिन, तीन वटा एसी, एउटा सीसी क्यामेरा, मेडिकल उपकरण गरी जम्मा एक करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसै आगलागिमा परी धिमालको घर जलेर खरानी भएको छ ।

Inside Article Ads

उक्त घरमा रहेको धनसम्पत्ति गरेर ७९ लाख ९० हजार बराबरको क्षति भएको जनाइएको छ । सँगै जोडिएको रामवती भुजेलको पक्की वाल र टिनको छानो भएको एकतले घरमा आंशिक क्षति पुगेको छ । छेउमा रहेको रुवि होटलमा समेत क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दका अनुसार आगो नियण्त्रणका लागि जनपथ प्रहरी, शसस्त्र प्रहरी सहितको टोलीले खटिएको थियो । प्रारम्भिक क्षति विवरण अनुसार अढाइ करोडको क्षति पुगेको छ । बाक्लो बस्ति भएको ठाउँ र अस्पतालमा नै आगोलागी भएको भए पनि आगो नियण्त्रणका लागि छिटो प्रयास भएकाले कुनै पनि मानवीय क्षति नभएको प्रहरीले बताएको छ।

लाइफलाइन अस्पतालले तत्कालै आइसियु, एनआइसियु, प्रसुस्ती वार्डका बिरामीहरुलाई सुरक्षित स्थल तथा अन्य भवनहरुमा लगेको छ ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.