
घनश्याम लामिछाने निर्देशित फिल्म लन्डन टु पेरिसको गीत सार्वजनिक गरिएको छ।
मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्र लन्डन टु पेरिसको खुला आकाश बोलको गीत सार्वजनिक गरिएको छ। यस गीतमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता निश्चल खड्कालाई रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ।
घनश्याम लामिछाने निर्देशित चलचित्रको यस गितमा हर्कुलेस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको छ ।
चलचित्रमा साम्राज्ञी र निश्चलसँगै कविर खड्का, गरिमा शर्मा, रूष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारको अभिनय छ। निश्चलले यही फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका छन्।
एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्म्स लिमिटेडको निर्माण सहकार्य रहेको छ। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माताका रूपमा रहेका छन्।
यो चलचित्र जेठ २५ गतेदेखि प्रदर्शनमा आउने छ ।
