लुम्बिनी प्रदेश सरकारले तुलसीपुरमा रहेको राप्ती आँखा अस्पतालमा निशूल्क आँखाको नानी प्रत्यारोपण सेवाको उद्घाटन गरेको छ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले आँखामा लाग्ने चोटका कारण नागरिकले दृष्टि गुमाउने समस्या समाधानका लागि आँखाको नानी प्रत्यारोपण सेवा निःशुल्क गरिएको र छिमेकी मुलुकबाट समेत उपचार गर्न आउने केन्द्रका रूपमा विकास भइरहेको बताएका छन् ।
उनले प्रदेशमा रहेका आँखा अस्पतालमा आँखा, कान र नाक विशिष्टीकृत सेवा सुरु गर्नका लागि प्रदेश सरकार तयार भएको र यसका साथै प्रदेश सरकारले मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया र क्यान्सरका रोगीलाई दुई लाख रुपियाँ उपलब्ध गराउँदै आएको समेत बताएका छन् ।
राप्ती आँखा अस्पताललाई प्रदेशकै नमुना आँखा अस्पतालका रूपमा विकास गर्न पालिकाबाट निरन्तर सहयोग भइरहेको उनले बताएका छन् । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा। जनार्दन पन्थीले आँखा अस्पतालका लागि आँखा उपचारमा सहयोग पुग्ने फेको मेसिन हस्तान्तरणको तयारी भइरहेको जानकारी दिएका छन् ।