Fast Nepal News

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

banner single news

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरू भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । यसअघि चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बसेको हो । बैठकमा महालेखा परीक्षक नियुक्तिका लागि छलफल हुँदैछ ।

यसअघि हिजो प्रधानमन्त्री दाहालले विपक्षी दलका नेता शेरबहादुर देउवासँग समेत छलफल गर्नुभएको थियो । सो छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुनुहन्थ्यो । प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।

Inside Article Ads

संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकार रहेको छ । नेपालको संविधान २०७२ अनुसार १३ वटा संवैधानिक निकायहरू रहेका छन् । त्यसमध्ये महालेखा परीक्षकसहित निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त आयोगमा एक–एक सदस्यहरू रिक्त रहेका छन् ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.