Fast Nepal News

कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग

थुप्रै शक्तिशाली नेताहरुको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान गरियो भने

banner single news
५ चैत, काठमाडौं । संसदको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन कुमार थापाले निष्पक्ष अनुसन्धान हुनेमा शंका लागेको बताए ।नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न समेत माग गरेका छन् । उनले भने मैले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरुको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान गरियो भने ।‘तर अनुसन्धान नियमित ढंगले अहिलेको प्रहरी प्रशासनले गर्न सक्छ भन्ने विश्वास हामीले कसरी पत्याउने ?’

‘जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ । यो समूहले अर्बौं रुपैयाँ अपचलन गरेको छ र त्यसमध्येको सबैभन्दा धेरै ठूलो पैसा गोर्खा मिडिया, यही ग्यालेक्सी टेलिभिजनमा गएको छ ।




Visited 54 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.