Fast Nepal News

पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

banner single news

पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई  नेपाल प्रहरीले आज पक्राउ गरेको छ । महरालाई आज कपिलवस्तुबाट पक्राउ गरेको हो । महरालाई आज विहान कपिलवस्तुबाट प्रकाउ गरिएको र  अहिले काठमाडौँ ल्याउन लागिएको नेपाल  प्रहरीका प्रवक्ता भीम ढकालले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

सुन तस्करी प्रकरणमा छानविन आयोगले महरालाई दोषी ठहर गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । महराका छोरा राहुल महरा यसअघि नै भेप प्रकरणमा अहिले पनि थुनामा नै छन । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करी प्रकरणका दोषीहरुलाई कारवाही गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको थियो ।

Inside Article Ads

त्यसो त सुन तस्करी प्रकरणमा छानविन आयोगले थप अनुसन्धान गर्नुपर्ने समेत राय दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूरक अनुसन्धानको लागि प्रकृया अघि बढाएको छ। पूरक अनुसन्धान शुरु गर्नुभन्दा पहिले प्रतिवेदनको अध्ययन भइरहेको र केही दिनपछि थप अनुसन्धान गर्ने ब्युरो प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभएको छ ।

Visited 62 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.