Fast Nepal News

भिक्षु डा.लामाको अध्यक्षमा युएनआईपि नेपाल च्याप्टर गठन

banner single news

काठमाण्डौं । नेपालमा युनाईटेड नेचर इन्टर्नेशनल पिस युएनआईपि नेपाल च्याप्टर गठन भएको छ । राजधानी काठमाण्डौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरि विधिवत रुपमा च्याप्टर स्थापनासहित पदास्थापना गरिएको हो । सो अवसरमा च्याप्टर पदाधिकारी एवम सदस्यहरुलई सदस्यताको प्रमाणपत्र वितरण गर्नुका साथै ब्याज, परिचयपत्र र टिशर्ट प्रदान गरियो ।

सो अवसरमा सांसद मोहन बाँनियाले प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै शान्तीका अग्रदुत भगवान गौतमबुद्ध जन्मेको देश नेपालमा शान्तिगामी अन्तराष्ट्रिय संस्थाको शुरुवात हुनु सुखद पक्ष भएको र संस्थाले विश्व शान्ती र भातृत्व विकासमा टेवा मिल्ने विश्वास व्यक्त गर्नूभयो ।

युएनआर्ईपिका इन्टरनेशनल कोअर्डिनेटर राजु साह युएनआईपियुन मानवता, शान्ति तथा वातावरण प्रबर्धनमा सक्रिय रहेको संयुक्त रास्ट्र संघ आवद्ध संस्था भएको उल्लेख गर्नुहुँदै नेपालमा नया च्याप्टर गठन भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

युनाईटेड नेचर इन्टर्नेशनल पिस ९युएनआर्ईपि० नेपाल च्याप्टरका राष्ट्रिय अध्यक्ष भिक्षु डा. राजु लामा पि कोन्दनले आफ्नो नेतृत्वमा नेपालमा च्याप्टर स्थापना भएकोमा खुसि व्यक्त गर्नुहुदै बुद्ध भूमीबाट शान्तीको सन्देशलाई प्रवाह गर्दै मानवताका निम्ती लागि पर्न सबैमा आग्रह गर्नुभयो । साथै उहाँले यस संस्थाको लक्ष्य प्राप्तिको लागि सक्दो सबैको सामुहिक प्रयास आवश्यक रहने बताउनुहुँदै संस्थाको उदेश्य अनुसार काम गर्न र संस्थाको गरिमा कायम राख्दै लक्षित समूहसम्म पुग्न हरसम्भव प्रयासरत रहनुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा नेपाल च्याप्टरका राष्ट्रिय अध्यक्ष भिक्षु डा. लामाले च्याप्टरको शुभारम्भको अवसरमा युएनआईपिका संस्थापक अध्यक्ष वाई डालियन नविनथिरा र महासचिव डि एन जेरिनाले प्रेषित गर्नुभएको सन्देश बारे नेपाल च्याप्टरका सदस्यहरुलाई अवगत गराउनुभएको थियो । संस्थापक अध्यक्ष लामाले उहाँहरुको भनाई उदृत गर्दै भन्नुभयो ‘ युएनआईपिको नयाँ च्याप्टर स्थापनाले भगवान बुद्धको जन्म भएको ठाउँमा खुशीको अध्याय बनेको र विश्वभर शान्ति र सद्भाव फैलाउन नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास छ’ ।

सो अवसरमा युएनआर्ईपि नेपाल च्याप्टरका संरक्षक पिया रत्न महर्जन विश्वव्यापी अन्तराष्ट्रिय संस्थालाई नेपालमा ल्याएर नेपाल च्याप्टर स्थापना भएकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो ।

भिक्षु छिन्पो टासीले भाईचारा अभिबृद्धि गर्न तथा शान्ती मार्गमा हिड्न यस्ता संस्थाको अपरिहार्यता रहने बताउनुभयो ।

दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले यस्तो संस्था नेपालमा आउनु निकै महत्वपूर्ण उपलब्धीका रुपमा आफूले लिएको बताउनुभयो ।

Inside Article Ads

सो अवसरमा युएनआईपि नेशनल भाईस प्रेसिडेण्ट प्रल्हाद दाहालले सबैमा धन्यवाद ज्ञापन गर्नुभयो भने महासचिव हिक्मत दाहालले स्वागत मन्तव्य राख्नु थियो ।मन्तव्य राख्ने क्रममा उहाँहरुले शान्ति तथा भाईचारा अभिबृद्धिमा प्रतिबद्ध भई लाग्न सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा बालिकाहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

युएनआईपिको नयाँ कार्यसमिति

भिक्षु डा. राजु लामा पी कोण्दन – राष्ट्रिय अध्यक्ष
रविराज शाही – कार्यकारी राष्ट्रिय अध्यक्ष
प्रल्हाद दाहाल – राष्ट्रिय उपाध्यक्ष
हिराकाजी विजय अवाले – राष्ट्रिय उपाध्यक्ष
हिक्मत दाहाल – राष्ट्रिय महासचिव
बहादुर तामाङ – राष्ट्रिय सहसचिव
तारा शर्मा पौडेल – राष्ट्रिय सहसचिव
मञ्जु श्रेष्ठ – राष्ट्रिय अर्थ सचिव
युवराज शिवाकोटी – राष्ट्रिय आयोजना संयोजक
ध्रुव तिवारी – राष्ट्रिय वित्त संयोजक
टीकाप्रसाद घिमिरे – राष्ट्रिय आयोजक संयोजक
सरोज ओझा – राष्ट्रिय प्रेस तथा प्रकाशन संयोजक
कृष्णकुमार श्रेष्ठ, राष्ट्रिय जनसम्पर्क संयोजक
दीपिका रायमाझी शाही९ राष्ट्रिय महिला नेता
नियुक्ति कान्जी शेर्पा – राष्ट्रिय युवा नेता
दुर्गाप्रसाद बाँस्तोला–राष्ट्रिय कार्यालय सचिव
डा प्राप्ति कुँवर – राष्ट्रिय संयोजक
रामभक्त दाहाल – राष्ट्रिय उपसंयोजक
लिला थापा – राष्ट्रिय महिला संयोजक
हरिशरण मानन्धर – राष्ट्रिय बाल संरक्षण संयोजक
डम्बर लामा ९ राष्ट्रिय आयोजक संयोजक
रमेश गोले – राष्ट्रिय आर्थिक संयोजक
मधुविक्रम कुँवर – राष्ट्रिय शरणार्थी संयोजक
शान्ती रायमाझी कुँवर – राष्ट्रिय कानुनी संयोजक
विष्णु अधिकारी – राष्ट्रिय युवा संयोजक
दीपक श्रेष्ठ – राष्ट्रिय स्वास्थ्य संयोजक
रामबहादुर तामाङ – राष्ट्रिय आपतकालीन संयोजक
दिपेश माझी – राष्ट्रिय प्रेस तथा प्रकाशन सचिव
प्रतिमा लामा घले – कार्यकारिणी सदस्य
सदकिसा ढकाल – कार्यकारिणी सदस्य
सियाराम साफी – कार्यकारिणी सदस्य
नीरजा शाक्य – कार्यकारिणी सदस्य
रिंकु शर्मा – कार्यकारिणी सदस्य
बिजेता लामा – कार्यकारिणी सदस्य
राजकुमार वाइबा – कार्यकारिणी सदस्य
विजया लक्ष्मी सिंह ९ कार्यकारिणी सदस्य
मदन महर्जन – कार्यकारिणी सदस्य
शेरबहादुर पौडेल – कार्यकारिणी सदस्य
डा. पिया रत्न महर्जन – राष्ट्रिय संयोजक
रोटरियन बिष्णु बहादुर कार्की –राष्ट्रिय सल्लाहकार
मनोज कुमार कँडेल – राष्ट्रिय कानुनी सल्लाहकार

संस्थाको बारेमा
युनाइटेड नेचर इन्टरनेशनल पिस, एक अन्तर्राष्ट्रिय सामाजिक संस्था जुन एक दशक अगि श्रीलंकामा स्थापना भएको थियो । जसको अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय क्यानाडामा रहेको छ। यो संस्था संयुक्त राष्ट«« संघ र युएनडेसमा पनि आबद्ध छ। यसको मुख्य उद्देश्य विश्वलाई एकताबद्ध गरी एउटै परिवारमा अगाडि बढाउने, अशान्ति हटाउने, विश्वमा शान्ति कायम गर्ने, सबैलाई सुखी र समृद्ध बनाउन सहयोग गर्ने, सबै बीच भाइचाराको सम्बन्ध स्थापना गर्ने तथा शान्ति स्थापना गर्ने हो।

नेपाल च्याप्टरका संस्थापक अध्यक्ष राजु लामाले यस संस्थालाई नेपालमा भित्राउनु भएको हो । युएनआईपिका च्याप्टरहरु अमेरिका, क्यानाडा, भारत, बंगलादेश र अफ्रिकी देशहरुमा पनि स्थापना गरिएको छ ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.