Fast Nepal News

माधव नेपालले हस्ताक्षर गरेपछि एमालेले राष्ट्रियसभा उपाध्यक्ष लिने सहमति गायब

banner single news

काठमाडौं, २९ फागुन ।  नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको छ ।

यसअघि २१ फागुनमा चार दलबीच भएको ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने उल्लेख थियो ।

तर एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको छ । मंगलबार एकीकृत समाजवादीलाई समेटेर पाँच दलबीच गरिएको लिखित सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने मात्रै उल्लेख छ ।

‘राष्ट्रियसभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारलाई समर्थन गर्ने’, नयाँ सहमतिपत्रको ३ नम्बर बुँदामा उल्लेख छ । यसअघि यही बुँदामा राष्ट्रियसभा उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियो ।

Inside Article Ads

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार, राष्ट्रियसभा उपाध्यक्षबारे छलफल गर्न एमाले तयार भएपछि संशोधनसहित नयाँ सहमति भएको हो । ‘हामीले त्यो पदमा दाबी गरेका छौं । एमाले पनि छलफल गर्न सकारात्मक भएपछि संशोधन गरिएको हो’, उनले भने ।

हेर्नुहोस् सहमतिपत्र 

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.