Fast Nepal News

सिटी र रियल च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश

banner single news

काठमाडौं, २४ फागुन । म्यानचेस्टर सिटी कोपनहेगनलाई पराजित गर्दै लगातार सातौं सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।  तीन साताअघि कोपेनहेगनमा भएको पहिलो लेगमा दुई गोलले अघि सिटीले समग्रमा ६–२ को जित निकालेको हो।

 

खेलको पहिलो नौ मिनेटभित्र म्यानुअल अकान्जी र जुलियन अल्भारेजले गोल गर्दै  सिटीलाई २–०को आग्रता दिलाएका थिए। कोपन हेगनका लागि २९औँ  मिनेटमा मोहमद एल्युनोसीले एक गोल फर्काए पनि पहिलो हाफको अतिरिक्त समयमा  एर्लिङ हालान्डले गोल गर्दै खेल ३-१ को अबस्थामा  ल्याएका थिए ।

 

यो सँगै हालान्ड ह्यारी केन र केलियन एमबाप्पेसँगै टीमका लागि गरेको २९ औं गोल गर्ने खेलाडी बने। उनको जारी च्याम्पियन्स  लिगमा छैटौं गोल गरे।

 

सन १९९६–९७ देखि २००२–०३ सम्म म्यानचेस्टर युनाइटेड लगातार सात सिजनमा अन्तिम आठमा पुगेको एक मात्र इङ्लिस क्लब हो।

 

गएराति नै भएको अर्को खेलमा आरबी लाइपजिगलाई २–१ गोलअन्तरले पराजित गर्दै रियल मड्रिड पनि लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

 

Inside Article Ads

पहिलो लेगजस्तै जर्मन क्लब लाइपजिगमाथि जुड बेलिङ्घमको पासमा भिनिसियसले गोल गर्दै २–० को अग्रता लिएको थियो। त्यसको तीन मिनेटपछि कप्तान विली ओर्बानले हेडरमार्फत गोल गर्दै लाइपजिगले खेललाई २–१ को अवस्थामा ल्याए।

त्यसछि खेलमा कुनै गोल भएन। गएराति भएको खेलमा १–१ को बराबरी नतिजासँगै मड्रिड समग्रमा २–१ ले विजयी भयो। पहिलो लेगमा लाइपजिङ १–० ले पराजित भएको थियो।

कीर्तिमानी १५ औं पटक युरोपियन च्याम्पियन बन्ने लक्ष्यमा रहेको रियलले पछिल्लो १४ सिजनमा १२ औं पटक क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो।

Visited 41 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.