Fast Nepal News

सरकारका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

banner single news

काठमाडौँ, २४ फागुन ।सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन ।

शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीलृे मन्त्रीहरुलाई शपथ ग्रहण गराएका छन । आज नवनियुक्त १६ मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन । सोमबार प्रधानमन्त्रीले तीन जनाले सपथ लिएका थिए ।

सपथ लिनेमा नेकपा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसहित ८ जना छन । कानून, न्याय तथा संसदीय मामिलामा पदम गिरी, रक्षामन्त्रीमा हरि उप्रेती, उद्योग मन्त्री दामोदर भण्डारी, महिला बालबालिकामा भगवती चौधरी, खानेपनी मन्त्रीमा राजेन्द्र राई, कृषि मन्त्रीमा ज्वालाकुमारी साह र भूमि व्यवस्था गरिबी तथा सहकारी मन्त्री बलराम अधिकारी रहेका छन ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत उर्जा, रेखा शर्मा सञ्चार र हितबहादुर तामाङले पर्यटन मन्त्रीको रुपमा शपथ लिएका छन । नेकपा एसका तर्फबाट भानुभक्त जोशीले संघीय मामिला र धनबहादुर बुढाले शहरी विकासमन्त्रीको शपथ लिएका छन ।

Inside Article Ads

रास्वाका सभापति रवि लामिछानेले उप्रधान तथा गृहमन्त्री, सुमुना श्रेष्ठ शिक्षामन्त्री, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन ।

उनीहरुले आजै कार्यभार सम्हाल्नेछन ।

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.