Fast Nepal News

आमा कुजाईन रेस्टुरेन्टले क्यानडामा पायो क्यल्गरी बेष्ट न्यू रेष्टुरेष्ट २०२४ एभिन्यु क्यालगरी अवार्ड

banner single news

काठमाडौँ — क्यानडाको क्यालगरी,एबीस्थित व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माद्वारा सञ्चालित आमा कुजाईन रेस्टुरेन्टले हालसालै क्यल्गरी बेष्ट न्यू रेष्टुरेष्ट २०२४ एभिन्यु क्यालगरी अवार्ड प्राप्त गरेको छ । निकै सकारात्मक सोचका धनी सेफ ज्ञानेन्द्रले प्यारी दिवंगत आमालाई सम्मान गर्दै खोलिएको आमा कुजाईन रेस्टुरेन्ट जहाँ प्राकृतिक तथा शान्त वातावरण, आकर्षक मेनु नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेलेको छ ।

आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तरता दिँदै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा दुई दशक देखि सकृय सेफ ज्ञानेन्द्रले ह्याट रिजेन्सी, हिल्टन होटल्स, फेयरमन्ट होटल्सल, शेरेटन, मेरियट र मिलेनियम होटल्स जस्ता बहुराष्ट्रिय होटल चेनहरूमा सेफको रुपमा काम गर्ने अबसर प्राप्त गरेका छन।

घुमफिर र खानाप्रतिको प्रेमले उनलाई विश्वभर लग्यो जहाँ उनले भियना,अस्ट्रियामा आफ्नो पाक कला डिप्लोमा गरे र धेरै देशहरूमा पनि काम गरे। युरोप, उत्तरी अमेरिका र मध्य पूर्वमा खानाको गुणस्तर कायम राख्ने कुरामा ध्यान दिएर खानाको तयारी, मेनु योजना र कार्यान्वयनमा आफ्नो विशेषज्ञता कुशलतापूर्वक प्रदर्शन गरेका छन्।

Inside Article Ads

पिता गोविन्द प्रसाद बञ्जारा र माता रूकमणी देवी बञ्जारा कोखबाट सन १९८२ मा दारहिया, विराटनगर १२,मोरङमा जन्मिएका सेफ ज्ञानेन्द्र एक मिलनसार र सबैका प्रेरणाक स्रोत ब्यक्तित्व हुन । हाल उनि जिबन संग्गिनी तारा पौडेल र छोराछोरीका साथमा सपरिवार अहिले क्यालगरी एबी क्यानडामा बसोबास गर्छन् ।

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.