Fast Nepal News

नेपाल कांग्रेसको महासमिति बैठकबाट दुईवटा अर्थपूर्ण निर्णय

banner single news

काठमाडौँ, ११ फागुन । नेपाल कांग्रेसको महासमिति बैठकबाट दुईवटा अर्थपूर्ण निर्णय भएका छन । एक, आउँदो चुनावमा गठबन्धन नगर्ने । दोस्रो, सांसद, मन्त्री र प्रधानमन्त्री हुने समयसीमा निर्धारण ।

महामन्त्री गगन थापाको प्रस्तावमा चुनावी गठबन्धनबारे निर्णय भएको छ । अनि, अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावमा सांसद, मन्त्री र प्रधानमन्त्री हुने समयसीमा निर्धारण भएको छ ।

शर्माको प्रस्तावअनुसार कांग्रेसमा अब चारपटकभन्दा बढ्ता सांसद हुन पाइने छैन । अनि, तीनपटक मन्त्री र २ पटक मात्रै प्रधानमन्त्री हुन पाइनेछ । शर्माले लामो समयदेखि वकालत गर्दै आएको यो एजेन्डालाई महासमितिका प्रवेश गराए र पारित गराए ।

तथापि ती निर्णय कार्यान्वयनमा आउनेमा भने शंका छ । किनभने महासमितिभन्दा पनि कांग्रेसले केन्द्रीय कमिटीलाई ठूलो बनाउन लागेको छ । अर्थात्, महासमितिबाट पारित प्रतिवेदन केन्द्रीय कमिटीमा परिमार्जन हुने बताएको छ । महासमितिको समापनमा सभापति शेरबहादुर देउवाले भनेका छन्, सुझावहरूलाई गम्भीरतापूर्वक लिएर केन्द्रीय कार्यसमितिबाट निर्णय लिन्छौँ ।

Inside Article Ads

हुन पनि, शर्माको एजेन्डा हुबहु कार्यान्वयनमा जाने हो भने सभापति शेरबहादुर देउवा मात्र होइन, महामन्त्री थापा पनि प्रभावित हुनेछन । छैटौँपटक प्रधानमन्त्रीका लाइनमा रहेका देउवा सांसद पनि ८ पटक भइसकेका छन । अनि, महामन्त्री थापा चारपटक सांसद भइसकेका छन । त्यसो हुँदा यी दुवै जना शर्माको एजेन्डाबाट प्रभावित हुनेछन । त्यसले कांग्रेसभित्र नयाँ अनुहारले अवसर पाउने मौका त पाउनेछन तर केन्द्रीय कार्यसमितिले शर्माको प्रतिवेदन जस्ताको तस्तै पारित गर्नेछ भन्नेमा शंका देखिएको छ ।

महासमितिले निर्णय लिएको विषय केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने कुरा आफैँमा अमिल्दो हो । तर, त्यही अमिल्दो काम कांग्रेसले गर्दै छ । महासमिति बैठकमा थापा र शर्माको एजेन्डाविरुद्ध जान सभापति देउवालाई निकै अप्ठ्यारो थियो । अंकगणितको हिसाबले पनि समस्यामा पर्न सकिने आकलन गरेर शर्मा र थापाको प्रस्तावलाई स्वीकारेका देउवाल केन्द्रीय कार्यसमितिमा आफ्नो दुईतिहाइको बल प्रयोग गर्ने रणनीति लिएको देखिन्छ । त्यसैले, अहिले कांग्रेसका कतिपय नेताले महासमितिभन्दा ठूलो केन्द्रीय कार्यसमिति भएको भन्दै टिप्पणी पनि गर्न थालेका छन ।                                        कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको मिति भने तय भइसकेको छैन । यद्यपि, साता दिनमै बस्न सक्ने नेताहरूले बताएका छन ।

Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.