Fast Nepal News

भाँसुभीरनजिकै विस्फोट हुँदा एकजना चालकसहित ४ जना घाइते

banner single news

काठमाडौं, फागुन १० । कैलालीको चुरेस्थित भाँसुभीरनजिकै विस्फोट हुँदा एकजना चालकसहित ४ जना घाइते भएका छन्। उनीहरूमध्ये २ जना सिकिस्त रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा जेसीबी चालकसहित कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीनदेव अवस्थी रहेका छन्।

चालकबाहेक घाइते ३ जनाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ।

आज (बुधवार) जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा विस्फोट भएको हो।

Inside Article Ads

जेसीबीले भीमदत्त राजमार्गअन्तरगत सडक-बाटो मर्मत एवं चौडा गर्ने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए।

उनका अनुसार सो विस्फोटक पदार्थ माओवादी काल (सशस्त्र द्वन्द्व) को हुनसक्ने अनुमान गरिएको छ।

प्रहरीले घटनास्थलको जाँचबुझ र थप अनुसन्धान गरिरहेको जनाएको छ।

Visited 46 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.