Fast Nepal News

मिटर ब्याज विरुद्ध न्यायमार्च गर्दै टोली चितवनमा

banner single news

काठमाडौं, ५ फागुन ।  मिटर ब्याज विरुद्ध न्यायमार्च गरेको टोली चितवन आइपुगेको छ। माघ १६ गतेदेखि झापा र कञ्चनपुरबाट मिटरब्याजी पिडितहरू न्यायका लागि पैदल यात्रा सुरू गरेका थिए। बिहिबार नारायणघाटमा सयौँको संख्यामा यात्रा गरिरहेको पूर्वी समूह तथा पश्चिम समूह दुवैको भेट भएको छ।

पूर्वी समूहको नेतृत्वमा संगठनका केन्द्रीय अध्यक्ष अवधेश कुश्वाहाले झापा जिल्लाको जिरो पोइन्टबाट तथा पश्चिम समूहको नेतृत्वमा संगठनका केन्द्रिय प्रबक्ता निर्ग नविनले कञ्चनपुर जिल्लाको गड्डाचौकी ७ नम्बर पिल्लरबाटे एकैसाथ मसाल बालेर मिटर ब्याज विरुद्ध न्याय मार्च सुरु भएको थियो।

उक्त पैदल यात्रा १७ दिनको दिन चितवन आएको हो। फागुन ०३ गते चितवन जिल्लाको नारायणघाटमा सयौँको संख्यामा यात्रा गरिरहेको पूर्वी समूह तथा पश्चिम समूह दुबैको भेट भएको छ। भरतपुरमा सभा गरेपछि पैदल यात्रा काठमाडौंतर्फ अघि बढ्ने कुश्वाहाले जानकारी दिए।

Inside Article Ads

‘न्यायका लागि हामी पैदल हिँडेर नै काठमाडौं आउँदैटौं। यो आन्दोलन निर्णायक हुनेछ’, उनले भने।

Visited 68 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.