Fast Nepal News

एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल मलेसियासङग भिड्दै

banner single news

काठमाडौं, ४ फागुन । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले टोली मलेसियासँग खेल्दैछ।  खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा बायोमास ओभलमा सुरु हुनेछ।

यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ। एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन। सीता रानामगरले कुवेतविरुद्ध ह्याट्रिक लिएकी थीन। नेपालको चारमध्ये तीन जितमा सीता प्लेयर अफ द म्याच चुनिएकी थीन।

उता माल्दिभ्सविरुद्ध रुविना क्षेत्रीले ११८ रनको ऐतिहासिक शतकको मद्दतले २१३ रनको फराकिलो अन्तरले हराएको थियो। मलेसिया घरेलु मैदानको फाइदा उठाउन चाहन्छ।

यस प्रतियोगितामा नेपाल अपराजित छ। नेपालले समूह डी मा हङकङ र भुटानलाई समान ८ विकेत तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो। मलेसियाले समूह सीबाट इन्डोनएसियालाई ६ विकेट, कतारलाई ३९ रन र बहराइनलाई १२६ रनले हराएको थियो। मलेसिया पनि अपराजित यात्राका साथ सेमिफाइनलमा आइपुगेको छ।

Inside Article Ads

नेपाल र मलेसियाबीच महिला टी–२० आई खेलमा कुल १० खेल भएका छन । नेपाल ७ खेलमा जित र ३ खेलमा पराजित भएको छ। पछिल्ला पाँच भेटमा नेपाल तीन र मलेसिया दुई खेलमा विजयी भएका छन।

यसअघि विश्वकप छनोटका लागि भएको मलेसिया यात्रा नेपालका लागि सम्झनलायक भएको थिएन। उक्त प्रतिस्पर्धामा नेपाल र यूएईको खेल वर्षाले प्रभावित भएको थियो भने थाइल्यान्डसँग ६४ रनले पराजित भएको थियो।

आजै हुने अर्को सेमिफाइनलमा थाइल्याण्ड र यूएई भिड्दैछन। यी दुईबीचको खेल विहान सवा ७ मा सुरु हुनेछ।

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.