Fast Nepal News

काठमाडौंका सडकमा १ हजार २६ ‘स्मार्ट लाइट’

banner single news

काठमाडौं महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट ‘स्ट्रिट लाइट’ जडान गरेको छ।महाराजगन्ज-लैनचौर-जमल खण्डमा ३१८ वटा, महाराजगन्जको प्रहरी तालिम केन्द्र – बालुवाटार – नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३, कमलपोखरीदेखि गौशालासम्म १८१, त्रिपुरेश्वर – थापाथली – माइतीघर मण्डलासम्म ७६ , चाबहिल – बौद्ध सडक खण्डमा ९९ वटा बत्ती जडान गरिएका हुन्।

महानगरपालिकाका इलेक्ट्रिकल इन्जिनियर पदमराज पौडेलका अनुसार फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन्।

योसँगै पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन्। यसका लागि १७७ वटा पोल प्रयोग भएको र बिजुली जडान गर्न ३० हजार ७१० मिटर तारको प्रयोग भएको महानगरपालिकाले जनाएको छ।

स्मार्ट लाइट जडान गर्न वा पोललाई पुनः प्रयोगमा ल्याउन नसकिने ४२१ सोलर प्यानल भने हटाइएको छ। यी पोलहरु महानगरपालिका, विद्युत् प्राधिकरण र निजी क्षेत्रले गाडेका थिए।

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक सडक बत्ती जडान गरिएको महानगरको भनाइ छ।

जडान गरिसकेपछि सबै बत्तीहरुलाई एउटै प्रणालीमा आबद्ध गरिनेछ। यसपछि एउटै स्क्रिनबाट बत्तीलाई आवश्यकताका आधारमा चहकिलो बनाउने, मधुरो बनाउने, निभाउने वा बाल्ने काम गर्न सकिन्छ।

Inside Article Ads

११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमानको ६० प्रतिशत रकम काठमाडौं महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत् प्राधिकरणले व्यहोर्ने सम्झौतामा उल्लेख छ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.