Fast Nepal News

‘नसोचेको सफलता हात पारेँ’ :मेनुका पौडेल

banner single news

काठमाडौँ, २३ माघ   गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छिन।

 

आईतवारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमवार गृह जिल्ला झापा आइपुगेकी गायिका पौडेलले नेपालले संगीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताइन।

 

भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको उनको भनाइ थियो। उनले आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुशी मिलेको बताईन । उनले यस्तो सफलता आफूले बिरलै पाउने बताइन । बलिउडमा धेरै गीतहरु गाउनका लागि अफर आइरहेको उनले बताइन।

Inside Article Ads

गायिका पौडेललाई सोमवार झापामा साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेको थियो। उनले २०७४ सालमा नेपाल आइडलमासमेत प्रतिष्पर्धा गरेकी थिईन।

Visited 60 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.