Fast Nepal News

सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न दिन राष्ट्रिय सतर्कता केन्द्रले सम्बन्धित निकायलाई निर्देशन

banner single news

सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न दिन राष्ट्रिय सतर्कता केन्द्रले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । केन्द्रले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

लाइसेन्स ट्रायलमा प्रशिक्षण केन्द्रहरूले मनपरी गरिरहेको भन्ने गुनासो आएपछि केन्द्रले सचिवस्तरीय निर्णयबाट यस्तो निर्देशन दिंदै सोको कार्यान्वयनसम्बन्धी जानकारी उपलब्ध गराउन पनि भनेको छ । केन्द्रले दिएको निर्देशन कार्यान्वयन भएमा सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ । सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ लगायत कुनै पनि कानुनमा परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नु पर्ने कुनै किसिमका बाध्यात्मक व्यवस्था नभएको पनि सतर्कता केन्द्रले जनाएको छ

Inside Article Ads
Visited 58 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.