Fast Nepal News

लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, स्याँगेमा रहेको एकलघरमा आगलागी हुँदा एक महिलाको मृत्यु

banner single news

लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, स्याँगेमा रहेको एकलघरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । स्याँगेमा किराना पसल गरी बस्दै आएका ४४ वर्षिया सन्तमाया श्रेष्ठको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको हो । सन्तमायाका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने आगलागीपछि माथिल्लो तलाबाट हाम फालेर भाग्न सफल भएका छन् । टिनको छानो रहेको घरमा पसलसमेत आगलागी भएको प्रहरीले जनाएको छ ।

राति नै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार आगलागीबाट घरसहित पसल पूर्ण रूपमा जलेको छ । आगलागीबाट ग१६प ३९३८ को मोटरसाइकल पनि जलेको छ । सटर बन्द रहेको अवस्थामा राजेन्द्रकी श्रीमती सन्तमाया निस्सासिनुका साथै पछि आगलागीबाट निस्कन नसकेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
राती साँढे ११ बजेतिर आगलागी भएको अनुमान गरिएको र आफू १२ बजेतिर पुग्दा आगो ठूलो मात्रामा दन्किरहेको मर्स्याङदी-४ का वडा अध्यक्ष बलबहादुर गुरुङले बताए ।

Inside Article Ads

स्थानीय साथै तत्काल जगत प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नसकिएको र नजिकै रहेका ग्यासका सिलिन्डरहरु हटाउन सफल भएकाले अन्य घरहरु आगलागीबाट जोगिएको अध्यक्ष गुरुङले बताए । प्रहरी निरीक्षक चपाईंका अनुसार आगलागीबाट महिलाको शव पूरै जलेको छ । आगलागीको कारणबारे हालसम्म खुलेको छैन । घटनाबारे मुचुल्का उठाउने कार्य भइरहेकाले सवै विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चपाईंले बताए ।

Visited 43 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.