Fast Nepal News

एन प्लस प्रोफेशनल मिस ग्लोरियस नेपाल २०२४ को उपाधि प्रान्तिका अधिकारी लाई

banner single news

काठमाण्डौं । एन प्लस प्रोफेशनल मिस ग्लोरियस नेपाल २०२४ को उपाधि सुश्री प्रान्तिका अधिकारीले जितेका छन् । करुणाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेष्ट ईभेण्ट्सद्धारा आयोजित एन प्लस प्रोफेशनल मिस ग्लोरियस नेपाल २०२४ को शिर्ष उपाधी अधिकारीले हात पार्दा स्‍मृति श्रेष्ठफर्स्ट रनर अप र सन्ध्या श्रेष्ठ सेकेण्ड रनर अप बन्न सफल भए ।

प्रतियोगिता अन्तर्गत ब्राण्ड एम्बेसडर तर्फ सिमोन यादव विजयी रहदा आयोजक छनोटतर्फ एअलिसा एलिसा बस्नेत उत्कृष्ट बनिन् । जसमा सन्जिता परियारले व्युटि बिथ ब्रेनको उपाधि जित्न सफल रहिन भने आयुसा पोखरेलले मस्ट पपुलर र एन्जेल श्रेष्ठले भ्युअर च्वाईसको उपाधि हात पारे ।

टाईटल विजेता अधिकारीले २५ हजार नगदसहित एन प्लस प्रोफेसनलबाट गिफ्ट ह्याम्पर जित्नुका साथै अन्तराष्टिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेष्ट फिल्म एकेडेमीमा १ लाख बराबरको अध्ययन छात्रवृत्ति प्राप्त गरे ।

Inside Article Ads

आयोजक संस्थाका प्रमुख रोविन श्रेष्ठ अनुसार सेकेण्ड रनर अपसम्मका विजेताले अरुणाज व्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरबाट निशुल्क बेसिक मेकअप कोर्स दिलाउनुका साथै विजेताहरुलाई एअरहोस्टेज एकेडेमीबाट एअर होस्टेज तालिमको व्यवस्था गरिनेछ ।

श्रेष्ठका अनुसार विजेताहरुलाई नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति साथै म्यागाजिन तथा पत्रिकामा फिचर्ड गरिनुका साथै विज्ञापन, म्युजिक भिडियो तथा सर्ट मूभि खेल्ने अवसर समेत दिलाईनेछ । प्रतियोगिताका शिर्ष ६ भित्र पर्न सफल प्रतियोगिले विभिन्न गिफ्ट् ह्याम्पर समेत प्राप्त गरेका छन् । यस इभेन्टको म्यानेजरमा करुणा पुरी र कोरियोग्राफरमा सुगन्धा अधिकारी एवम् आर्शु महर्जन रहेका छन्।

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.