Fast Nepal News

एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडित बचतकर्ता सदस्यहरूको रकम फिर्ता गर्ने अध्यक्ष अशोक गोयलको प्रतिबद्धता

आज शनिबार अग्रवाल सेवा समितीमा आयोजित  कार्यक्रममा बचतकर्ता सदस्यले सोधेको पश्नको जवाफ दिदैँ गोेयलले सहकारीबाट ऋण लिएका व्यक्तिबाट ऋण उठाएर भएपनि बचतकर्ताकोे जम्मा गरेको रकम फिर्ता गर्ने बताए।

banner single news

२७ पुष,काठमाडौं –देशकै प्रमुख व्यापारिक केन्द्र न्यूरोडको धर्मपथस्थित एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडेका  अध्यक्ष अशोक  गोयलले बचतकर्ता सदस्यहरूको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।आज शनिबार अग्रवाल सेवा समितीमा आयोजित  कार्यक्रममा बचतकर्ता सदस्यले सोधेको पश्नको जवाफ दिदैँ गोेयलले सहकारीबाट ऋण लिएका व्यक्तिबाट ऋण उठाएर भएपनि बचतकर्ताकोे जम्मा गरेको रकम फिर्ता गर्ने बताए।

Inside Article Ads

आफू लामोे समय ठगी र संगठित अपराधमा अरुले षडयन्त्र गरेर फसाएपछि आफू जेल सजाय मुक्त भएर निस्किएको बताउदैँ लामो समयपछि निर्माण भएको सञ्चालक समितीले बचतकर्ताको रकम फिर्ता गर्ने र सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गरिने उनले बताए।सामाजिक सञ्जालको माध्यमबाट भ्रामक समाचार प्रशारण भएकाले सत्य कुरा नबुझेर भम्रमा नपर्न पनि उनले अनुरोध गरे।सहकारीप्रति कुनै गुनासो र बितृष्णा रहेकोे भए पदाधिकारीलाई सम्पर्क गर्न पनि उनले अनुरोध गरे।बचतकर्ताको समस्या समाधानमा आफू सक्रिय भएर लागिपर्ने उनको भनाई रहेको थियो।

Visited 64 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.