Fast Nepal News

भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)को निर्देशन

दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री केसीले उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभयो ।

banner single news

२७ पुष,काठमाडौं –लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उहाँले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको हो ।

दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री केसीले उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभयो ।
अस्पताल प्रशासन, उपचारमा संग्लन चिकित्सक र बस समितिका प्रतिनिधिलाई मन्त्री केसीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुभयो ।‘बस समितिले घाइतेहरूको उपचार गर्छ र अहिले गरिरहेको पनि छ’ उहाँले भन्नुभयो, ‘तपाईहरू (चिकित्सक) ले पनि उपचारमा कुनै कमी हुन नदिनुहोला ।’

आर्थिक अभावकै कारण घाइतेहरूको उपचारमा समस्या आउन नदिन समेत मन्त्री केसीले निर्देशन दिनुभयो । मन्त्री केसीले नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनाबाट आफू मर्माहत भएको समेत बताउनुभएको छ । साथै उहाँले दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनमा शोक व्यक्त गर्नुभएको छ ।

Inside Article Ads

शिक्षण अस्पताल कोहलपुरमा उपचारत १३ जना घाइतेहरूमध्ये एक जना डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । हाल उपचारत १२ जना घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । नेपालगन्जबाट काठमाडौंका लागि छुटेको बस शुक्रवार राति दाङको भालुवाङस्थित राप्ती नदी पुलबाट खसेर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.