Fast Nepal News

आफू सहभागी हुने कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ ।

banner single news

१८ पुष,काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रमका लागि सार्वजनिक बिदा नदिन तथा बालबालिकालाई सहभागी नगराउन निर्देशन दिनुभएको छ ।

यही पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रमका लागि रामेछापको सुनापति गाउँपालिकाले पालिकामा सार्वजनिक बिदा दिएको समाचार प्रकाशित भएपछि प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ ।

Inside Article Ads

समाचार नेपाल टेलिभिजनको अनलाईनमा प्रकाशित छ।

Visited 45 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.